काठमाण्डौ
कात्तिक १०
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा मरेको चरा भेटिएपछि विमानस्थल डेढ घण्टा बन्द भएको छ । आज विहान साढे ८ बजेको समयमा मरेको चरासँगै कांचको टुक्रा भेटिएपछि सरसफाईको लागी भन्दै डेढ घण्टा विमानस्थल बन्द गरिएको हो ।
विमान स्थलमा फोहोर भेटिएको जानकारी पाए लगतै एयर ट्राफिकले विमानस्थल बन्द गरेको थियो । साढे १० बजेपछी मात्र विमानस्थल खुलाईएको थियो ।
मरेको चरा भेटिएपनी कुन जाहाजमा चरा ठोक्किएको हो भन्ने खुल्न सकेको छैन भने, चरा जहाजमै ठोक्कीएर मरेको हो वा अन्य कारणले मरेको हो भन्ने पनि पुष्टि नभएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल बन्द गरिएसँगै डोमेस्टिक र इन्टरनेसनल उडानहरु डाइभर्ट गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानस्थल सफा गर्ने गाडीका चालक नहुँदा सफाईमा ढिला भएको थियो ।
