मास्टरले घेरे प्रचण्डलाइ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १३ सोमवार १५:२७ बजे

मास्टरले घेरे प्रचण्डलाइ

काठमाण्डौ
भदौ १३
अस्थायी शिक्षकहरुले आफुहरुलाई स्थायी गर्न माग गर्दै आज विहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । लामो समयदेखि आफुहरुले संघर्ष गर्दै आएपनि राज्यले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै अस्थायी शिक्षकहरुले प्रधानमन्त्री निवास शान्तिपूर्ण रुपमा घेराउ गरेका हुन् ।

prachendra

सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै आफुहरुले सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास घेराउ गरेको शिक्षकहरुले बताएका छन् । उनिहरुले आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार