कहालीलाग्दो दुर्घट्नामा मृत्यु हुने २२ पुगे,१६ घाइते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १० शुक्रवार १५:५५ बजे

कहालीलाग्दो दुर्घट्नामा मृत्यु हुने २२ पुगे,१६ घाइते

काठमाण्डौ
भदौ १०
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको चण्डिभञ्ज्याङ्गमा आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका २२ मध्ये ११ जनाको सनाखत भएको छ ।

Bus-accident-at-Trisuli-57bfc00a8e6771.86601193

ती मध्ये ९ जना रौतहटका हुन् भने बाँकी २ जना भारतीय नागरिक छन् । चितवन प्रहरीका अनुसार, रौतहटको मोडवेलवा ७ का ३५ बर्षका चितरन्जन यादव,  मोडबेलवाकै ३३ वर्षिया राजेश प्रसाद यादव, महमदपुर ८ का २४ वषर््िाय प्रमोद राम, लौकाहा ३ का राकेश यादव, कटहरीया ९ का ३४ वर्षिया वृजकुमार कुशहवा, वसन्तपुर का २५ वर्षिया गणेश कुमार शाह, गौर नगरपालीका १२ का जोकु शाह, इनरवारी ७ बस्ने ६५ वर्षय जोगेन्द्र गिरीको सनाखत भएको छ । त्यसैगरी भारत विहारका ठेकन ठाकुर र शंकर ठाकुरको पनि सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहटको गौरबाट पोखराका लागि हिजो साँझ छुटेको ग १ ख ३७०९ नम्बरको बस नारायणगढ–मुग्लिन खण्डस्थित चन्डीभन्ज्याङ गाविस–५ कालीखोला भन्ने स्थानमा आज विहान झण्डै सय मिटर तल त्रिशुली नदिमा खसेको थियो । दुर्घटनामा १६  जना घाइते  छन् । उनिहरुको चितवनस्थित मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते हुनेमा ३ बालिका, २ बालक, २ महिला र १० पुरुष रहेका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार