शंखमुलको फर्निचरमा आगलागी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २०:२८ बजे

शंखमुलको फर्निचरमा आगलागी

काठमाण्डौ
भदौ ९
राजधानीको शंखमुलस्थित एक फर्निचरमा आज विहान भएको आगलागीमा एक युवक गम्भिर घाइते भएका छन् ।

शंखमुलस्थित एक सोफा कारखानमा लागेको आगो निभाउने क्रममा सो कारखानका मालिक मोहमद सवाज आलम घाईते भएका हुन्। उनको अनुहार र  पाखुराका साथै शरिरहका अन्य भागमा आगोले पोलेको छ । आगालागीबाट सो कारखानामा झण्डै २० लाख रुपैयाको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कारखानासंगै जोडिएको घरमा वेल्डिङ्ग गर्ने क्रममा निस्केको आगोको झिल्कोले सोफामा टिपेर आगालागी भएको थियो । प्रहरीले ५ वटा दमकलको सहयतामा आगो नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार