चन्द्रमा टेकेको भन्दै नेपालमा गफ लडाउदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २१ मंगलवार १६:४९ बजे

चन्द्रमा टेकेको भन्दै नेपालमा गफ लडाउदै

काठमाण्डौ
भदौ २१
नेपाल भ्रमणमा रहेका अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनले  आज सुनसरीको सीतागन्ज स्थित एभरेस्ट साइन्स सेन्टर पुग्नुभएको छ ।

अल्ड्रिनले अहिले सीतागञ्जमा रहेको साईन्स सेन्टरमा आफुले चन्द्रमामा पुग्दाको अनुभवबारे सहभागीहरुलाइ जानकारी गराउदै हुनुहुन्छ । बजले साईन्स सेन्टरमा बृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको छ । मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहनुभएका बजका  छोरा, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि सो टोलीमा रहेका छन् । अन्तरिक्ष यान एपोलो ११ मार्फत चन्द्रमामा पगेर पाइला राख्ने एल्ड्रिनले मंगल ग्रहमा बस्ती बसाउने योजनाका बारेमा पनि जानकारी दिनुहुने  छ । अन्तरिक्षयात्री बज भोली र पर्सी दुई दिन राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा आयोजित विज्ञान सम्बन्धी अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।   सो टोली भदौ २४ गते अमेरिका फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार