काठमाण्डौ
भदौ ५
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मोवाइल बैंकिङ सेवालाई गत आइतबारदेखि संसारभरबाट प्रयोग गर्न सकिने बनाएको छ ।
आफ्ना दुई लाखभन्दा बढि ग्राहकहरुकले प्रयोग गरिरहेको यो सेवालाई प्रभावकारी बनाउँदै आरबीबी स्मार्ट सेवा सुरु गरेको हो । यो स्मार्ट सेवा मोवाइलको एसएमएस। र इन्टरनेट दुवैबाट चलाउन सकिने छ ।
अब ग्राहकहरुले आफ्नो् मोबाइलबाट घरमै बसेर खाताको कारोबार, मौज्दात, दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको सांवा ब्याज भुक्तानी, चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी, सिकायत, बैंकको शाखा तथा एटिएम लोकेसनको जानकारी प्राप्त गर्न सक्छन् । एकपटक आफ्नो मोवाइल बैंकको सिस्टममा रजिस्ट्रेसन गरेपछि संसारको कुनैपनि कुनाबाट इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने भएकाले ग्राहकको समय र लागत दुबै बचाउन मद्धत गर्ने बैंकले जनाएको छ ।
यो सेवा राष्ट्रिय वाणिज्य बैंकको १६८ वटै शाखा एवं इलेक्ट्रोनिक बंैकिङ विभागबाट वाषिर्क रुपमा तिरेर लिन सकिनेछ ।
