काठमाण्डौ
भदौ २१
भाद्रशुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मनाउँदैछन् ।
तीजको पर्सीपल्ट आज महिलाहरुले अरुणधत्ती सहित कश्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा गरी तीज ब्रत समाप्त गर्दैछन् । सप्तऋषिको पूजा गर्नाले रजश्वला भएका बेला जानेर वा नजानेर भएका गल्तीको दोष नास भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । आज सप्तऋषिको पूजा गर्नाले सौभाग्य प्राप्ति र सन्तान लाभका साथै दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ । महिलाहरुले आज नदी, तलाउ वा कुण्डमा नुहाई ३ सय ६५ वटा दतिवन टोकेर बगाउने गर्दछ । ऋषि पञ्चमीको अवसरमा आज मुलुकभरका विभिन्न पवित्र तिर्थस्थलहरुमा चलहपहल वढेको छ ।
