मारेर बोरामा पोको पार्नेहरु चिनिएनन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २१ मंगलवार १६:४२ बजे

मारेर बोरामा पोको पार्नेहरु चिनिएनन्

काठमाण्डौ
भदौ २१
मोरङको विराटनगरमा एकजना होस्टेल सञ्चालकको हत्या भएको छ । विराटनगरको अक्सफोर्ड गल्र्स होस्टेलका सञ्चालक २१ वर्षीय विनोद यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फालेको अवस्थामा आज बिहानै यादवको शव फेला परेको हो । हत्यामा संलग्नले बोरामा हालेर शव फाल्न गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । प्रहरी पुगेपछि गाडी बोलाउने युवाहरु फरार भएका थिए । आपसी झगडापछि रिसीईवी साँधेर आफ्नै साथीहरुले यादवको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुमान छ । हत्यामा संलग्नहरुको खोजी भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार