पूर्वमन्त्री गुप्ता फेरि खोरमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २० सोमवार २०:०१ बजे

पूर्वमन्त्री गुप्ता फेरि खोरमा

काठमाण्डौ
भदौ २०
पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरी पक्राउ परेका छन् ।

c50524e707603a800583c263ac65a4bb_L

एक महिला व्यवसायीलाइ पटक पटक धम्क्याउदै लाखौँ रुपैया मागेको आरोपमा प्रहरीले गुप्तालाइ  ललितपुरको ताल्छिखेलबाट आज पक्राउ गरेको हो । एक महिला व्यवसायीलाइ फोन गरेर अपहरणको धम्की दिंदै पैसा मागेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट चार दिनको म्याद लिएर हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिनुभयो ।  २०६८ पुस ७ गते  व्यावसायी पवन सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष जेल बसेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार