काठमाण्डौ
भदौ २०
व्यवस्थापिका संसदको आजको बैठकमा सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदहरुले भूकम्प पिडितलाइ दिइने राहत रकम,स्थानीय निकायको पूर्नसंरचना, चुनाव तथा समसामयीक राजनीतिक विषयमा आ–आफ्नो धारणा राखेका छन् ।
संसदको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले भूकम्प पिडितलाइ एकमुष्ट ५ लाख रुपैया दिनुपर्ने बताउनुभयो । अनुदान पाउने सुचीमा छुटेका भूकम्पपिडितहरुको नाम समावेश तत्काल गरिनुपर्ने भन्दै उहाँले भूकम्प प्रभावित क्षेत्रका सुकुम्बासीका लागि अनुदान उपलब्ध गराउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले संविधानको व्यवस्थाअनुसार स्थानीय निकायको पूर्नसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले पहिचान तथा सामथ्र्यका आधारमा इतिहास, भूगोल र सांस्कृतिक महत्वलाई ध्यान दिएर स्थानीय तहको सिमा तथा संख्या तोक्नुपर्ने बताउनुभयो ।
