बिशाल कार्की

न जित्नु छ
न प्रतिस्पर्धा नै
न देखाउनु छ
न त लेखाउनु छ नाम
उछिनेर तिमीलाई ।
खाँचो थियो,
तिम्रा भयहरुलाई ।
र,
दया लाग्दा थिए
असुरक्षितताका
तिम्रा अनुभूती ।
अह्वानहरु
मलाई गिज्याइरहन्थे
अनि मात्र
एक छाना हुने रेखा कोरेको थिए
कल्पनाको ।
त्यो सिमाना,
त्यो रेखा,
त्यो दुरी थियो,
तिम्रो संरक्षणका खातिर ।
तर,
दुरभाग्य पिंजडा देख्य
तिम्रा दृष्टिले ।
न भूल स्वतन्त्र हुनुको लक्ष्य
अनि
न भूल गन्तव्य कहाँसम्म ।
न जीत्नु छ,
न प्रतिस्पर्धा नै
न देखाउनु छ
न त लेखाउनु छ नाम
उछिनेर तिमीलाई ।
किनभने,
छैन पछ्याउँनु तिमीलाई ।
– तुलसीपुर दाङ्ग, हाल काठमाडौं ।
