सयपत्रीले उचाल्यो तेस्रो दोहोरीगीत प्रतियोगिताको उपाधी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १७ मंगलवार १०:०४ बजे

सयपत्रीले उचाल्यो तेस्रो दोहोरीगीत प्रतियोगिताको उपाधी

काठमाडौं, १७ फागुन ।

तेस्रो अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गित (रनिङ्ग सिल्ड) प्रतियोगिता २०७३ को उपाधी सयपत्री दोहोरी साँझ (रबिन लामिछाने, चीनु घती) काठमाडौंले हात पारेको छ । बलियो लोक संस्कृति दरिलो घर, हामी सबै होऔ आत्मनिर्भर भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा २५ प्रतियोगी दोहोरी साँझलाई पछाडी पार्दै सयपत्रीले उपाधी उचालेको हो ।

सयपत्रीले प्रथम स्थान सुरक्षित गरेसंगै एक लाख पाँच हजार नगदका साथमा सिल्ड, ताम्रपत्र र मेडल प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा चित्त बुझाउँन बाध्य बनेको गामबोसी दोहारी नाचघर (अर्जुन खड्का, शान्ता ओली)ले पचहत्तर हजार, तेस्रो बनेको निरमाया रोधी क्लब बि (दिनेश खडका, कल्पना दाहाल)ले पचास हजार र सान्तोना बनेको नँया दरबार नाँचघर(बिशाल रायमाझी, हरिमाया रायमाझी) ले पच्चचीस हजारका साथमा ताम्रपत्र र मेडल प्राप्त गरेको छन् ।bb

फागुन १२ गते देखी १६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिएको प्रतियोगितामा नीरू श्रीस, मीना बुढाथोकी (गोधूली दोहोरी साँझ) बाट र अन्जु डी.सी. (सुन्धारा डाँफे दोहोरी साँझ, चितवन)बाट उत्कृष्ट दोहोरी गायिकाको उपाधीबाट सम्मानीत भए ।

यस्तै उत्कृट नबोदित गायिकामा पबित्रा सरतुङ्गे मगर (नाइट फेवा रोधी क्लब), उत्कृट गायकमा बिशाल रायमाझी र सागर बी.सी (नँया दरबार रोधी घर), अनुशासित गायकमा राजु के.सी. र अनुशासित गायिका तर्फको पुरस्कार कुमारी गुरुँगले प्राप्त गरेका छन् । यस्तै नाइट फेवा रोधी क्लबले अनुशासीत दोहोरी साँझको उपाधी उचालेको छ ।

लोक तथा दोहारी गित प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा बिभिन्न कलाकारहरुको प्रस्तुति समेत रहेको थियो । प्रतिष्ठानको आफ्नै भवन निमार्णका लागी बिभिन्न व्यक्तिहरुको सहयोग प्राप्त भएको र सहयोगी मनहरुलाई सहयोगको लागी प्रतिष्ठानले अनुरोध गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार