घाइते दुर्लभ निर विरालोको उद्धार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार १८:३४ बजे

घाइते दुर्लभ निर विरालोको उद्धार

काठमाडौँ, १५ फागुन ।

काभ्रेको नाला–८ काँक्रे थुमाचौरमा घाइते अवस्थामा फेला परेको दुर्लभ प्रजातिको निर बिरालोको उद्धार गरिएको छ ।

स्थानीय बच्चुराम बजगाईंले शुक्रबार घाइते अवस्थामा फेला पारेको निर बिरालोको बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि ‘अहिंसाप्रेमी साकाहारी समाज’का उपाध्यक्ष दुर्गानाथ दाहालले उक्त वन्यजन्तुको उपचारका लागि सम्बन्धित निकायमा खबर गरेको बताउनुभयो ।

Neer 1

जिल्ला वन कार्यालय काभ्रे, स्थानीय प्रहरी तथा बासिन्दाको सहयोगमा घाइते निर बिरालोको उद्धार गरी आज बिहानदेखि काभ्रेकै ‘नेपाल एनिमल वेल फेयर एण्ड रिसर्च सेन्टर’ (नार्क) को कार्यालयमा उपचार भइरहेको जिल्ला वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

घाइते अवस्थामा फेला परेको निर बिरालोको नाक, मुख, घाँटी तथा खुट्टामा गम्भीर चोट देखिएको नार्कका अध्यक्ष जिपी दाहालले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार