चन्द्रमामा टेकेको पाइला नेपालमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १९ आइतवार २१:४२ बजे

चन्द्रमामा टेकेको पाइला नेपालमा

काठमाण्डौ
भदौ १९
नील आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एड्रिन भोलि नेपाल आउनुहुने भएको छ । उहाँ पर्सी मंगलबार विराटनगर जानुहुने छ ।

पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उहाँ चन्द्रमामा पुग्नुभएको थियो । सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन एड्रिन मङ्गलबार विराटनगर आउन लागेको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार