दलित सांसदको सम्मेलन आज सकिदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार ०८:१८ बजे

दलित सांसदको सम्मेलन आज सकिदै

१५ फागुन
काठमाण्डौ ।

हिजोबाट राजधानीमा शुरु दक्षिण एसियाका दलित सांसद तथा दलित अधिकारकर्मीको अन्तराष्ट्रिय सम्मेलन आज सकिदैछ । एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा जारी सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल भइरहेको छ ।

मञ्चका अनुसार दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशमा जारी जातीय विभेदलाई न्युनिकरण गर्ने विषयमा छलफल भइरहेको मञ्चका अध्यक्ष सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।  सम्मेलनले विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्थाबारे गम्भिर समीक्षा गर्दै आगमी रणनीति तय गर्ने छ। सम्मेलनमा १४ देशका २७ जना सांसदसहित विभिन्न देशका अधिकारकर्मी र कुटनीतिक नियोगका प्रतिनिधि सहभागी छन ।


प्रतिक्रिया

सम्बन्धित समाचार