काठमाण्डौ
भदौ १९
विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको सिफारिस गर्न सरकारलाइ बाटो खुलेको छ । सर्वोच्च अदालतले राजदूत सिफारिस सम्बन्धी यसअघिको अन्तरिम आदेश खारेज गरे सँगै सरकारलाइ राजदुत नियुक्ति गर्ने बाटो खुलेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय गोपाल पराजुली र डा. आनन्द मोहन भट्टराइको संयुक्त इजालसले आज पूर्ववत अन्तरिम आदेश खारेज गरेको हो । बर्तमान सरकारले केपी ओली सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक आधारमा परेका १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो । त्यसपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय तत्काल अघि नबढाउन आदेश दिएको थियो । सोहि आदेश आज सर्वोच्चले खारेज गरेको हो । सरकारले चीन र भारतका लागि राजदूत सिफारिस गरेपनि अन्य देशका लागि सिफारिस गर्न बाँकी छ ।
