काठमाडौं, १४ फागुन ।
कला र संस्कृतिको माध्यमबाट समाज परिवर्तनमा हाम्रो ध्यान, मृगौला पिडित विना श्रेष्ठको उपचारमा भर्याङ नाट्य मञ्च नेपालको अभियान भन्ने मुल नाराका साथ फाल्गुन १४ गते शनिवार (आज) वृहत सांस्कृतिक कार्यक्रम २०७३ हुँदैछ ।
खोटाङ्गकी मृगौला पिडित बिना श्रेष्ठ उपचारको लागी सहयोग रकम उठाउने उद्देश्यका साथ गरिने कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुतीरहने आयोजकले जनाएको छ ।
राष्ट्रिय नाचघर जमलमा दिउँसो १ बजेबाट सुरुहुँने कार्यक्रममा नाटक ए केशे पनि मञ्चन गरिने बतार्ईएको छ । कार्यक्रममा सहभागी भई मृगौला पिडित विनाको उपचारमा सहयोग गरिदिन आयोजकले अपिल गरेको छ ।
