गाँउ नै खोलातिर सर्ने जोखिम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १९ आइतवार १३:३३ बजे

गाँउ नै खोलातिर सर्ने जोखिम

काठमाण्डौ
भदौ १९
अविरल वर्षापछि पहिरो खस्ने क्रम नरोकिदा ताप्लेजुङमा एउटा गाउँ नै उच्च जोखिममा परेको छ । ताप्लेजुङ नगरपालिका २ दोखुमा पहिरोको उच्च जोखिममा परेको हो ।

पहिरोको-जोखिम

सोही गाउँमा अस्ति शुक्रबार मध्यराती गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको थियो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले अझै ५० भन्दा बढी घर पहिरोको जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार अस्ति राति गएको पहिरोले नगरपालिकाको २, ६, ७, ८ र ९ वडाका दर्जनौ घर पुरिएका छन् । पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी करिव ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । सबै भन्दा ठुलो पहिरो गएको ताप्लेजुङ नगरपालिका ८ मा मात्र ३२ घर पहिरोले बगाएको छ भने १ सय ५५ जना विस्थापित भएका छन् । उनिहरुलाई हाल हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ । पहिरोबाट भएको क्षतिको विवरण संकलन कार्य भईरहेपनि पुर्ण विवरण भने आज दिउँसोसम्म मात्रै आउने विपत व्यवस्थापन समितिले जनाएको छ ।
यता पहिरोका कारण भोजपुरको सदरमुकाम भोजपुरबाट १९ कोष टाढा रहेको कुलुङ–९ खमारेको सिंगो बस्ती नै जोखिमा परेको छ । १२ घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायम निरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार