रामेछापमा एडिएसएल इन्टरनेट ठप्प, सेवाग्राही मारमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १० मंगलवार १२:५७ बजे

रामेछापमा एडिएसएल इन्टरनेट ठप्प, सेवाग्राही मारमा

रामेछाप, १० फाल्गुन ।

रामेछापमा सोमबारदेखि ईन्टरनेट सेवा ठप्प भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट सेवालाई मर्मतसंभार नगर्दा प्रयोगकर्ताले हैरानी खेप्नु परेको हो । टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेटमा झण्डै महिना दिनदेखि समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् ।

बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम र सञ्चारसँग सम्बन्धित व्यक्तिहरु इन्टरनेट सेवा बन्द हुदा प्रभावित भएका छन् । टेलिकमले जिल्लामा झण्डै एकसयको हाराहारीमा एडिएसएल सेवा उपलव्ध गराएको छ ।

नेपाल टेलिकम मन्थली शाखाले नयाँ एक्स्चेन्ज मार्फत सेवा दिन थालेपछि इन्टरनेट र टेलिफोन सेवा बारम्बार अवरुद्ध हुने गरेको हो । झण्डै एक महिना अघि मन्थलीको एक्स्चेन्ज परिवर्तन भएको हो । यता टेलिकम शाखा प्रमुख विष्णुहादुर भण्डारी भने इन्टरनेटमा आएको समस्यामा अनविज्ञ रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार