अनेक बहाना बनाउँछन् मापसे गर्नेहरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ८ आइतवार ०९:११ बजे

अनेक बहाना बनाउँछन् मापसे गर्नेहरु

काठमाडौं, ८ फागुन ।

काठमाडौं उपत्यकाका विभिन्न सडकमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्ने चालकले ट्राफिक प्रहरीलाई छल्न दिनहुँ नयाँ बहाना बनाउने गर्दछन् । रातको समय झनै बहानाबाजी गर्ने चालक बढी हुने ट्रफिक प्रहरीको भनाइ छ ।

मापसेबाट जोगिन चालकले औषधि, चक्लेट, कोक, रेडबुल, छापाखानामा प्रयोग गरिने मसीको गन्ध लगायत अनेकौं बहाना बनाउँछन् । मापसे गरेका चालकले अपत्यारिलो बहाना बनाउने गरेको महनगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्ले बताउनुभयो ।

ट्रफिक प्रहरीका अनुसार नेवार समुदायका केही चालकले भोजमा सगुनको रुपमा मदिरा लिनैपर्ने परम्परा भएको भन्दै हैरान पार्ने गर्दछन् । उनीहलाई कारबाही गर्न कठिन हुन्छ, महनगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने, ‘सगुनको रुपमा भगवानको प्रसाद खएको भन्छन् ।’ आजको नागरिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार