फेसबुक प्रयोग निशुल्क गर्यो एनसिएलले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ३ मंगलवार १८:१४ बजे

फेसबुक प्रयोग निशुल्क गर्यो एनसिएलले

काठमाडौं, ३ फागुन ।

एनसेलले फेसबुक प्रयोग निशुल्क गरेको छ । एनसेलले मंगलबार राती १२ बजे बजेदेखि फेसबुक चलाउदा पैसा नलाग्ने ब्यवस्था गर्न लागेको हो ।

फेसबुकसँग भएको सहकार्यमा यस्तो ब्यवस्था गरिएको एनसेलले जनाएको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा शुल्क स्ट्याटस पोस्ट गर्न, फोटोहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन । च्याट गर्दा भने तोकिएको शुल्क लाग्नेछ ।

एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज प्रयोग गर्न सक्नेछन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार