काठमाण्डौ, ३ फागुन ।
गायिका जानुका राइले भर्याङ् नाट्यमञ्च नेपाललाई संथाको लोगो अङ्कित १५ जोर टिसर्ट प्रदान गर्नुभएको छ । उहाले ललितपुर ताल्चिखेलमा रहेको सुम्निमा कलेक्सनमा एक कार्यक्रममा गायक देबेस राई, रेवत राई, निस्चल राई लगायतको उपस्थितिमा हस्तान्तरण गर्नुभएको हो ।
टिसर्ट प्रदान गर्दै गायिका राईले मृगौला पिडित बिना श्रेष्ठ बचाउ अभियानमा सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्दै अन्य सहयोग जुटाउन लागिपर्ने बताउनुभयो । यस्तै संस्थाको लोगो अंकित टिसर्ट प्रदान गरेकोमा गायिका राईप्रति आभार प्रकट गर्दै अन्य सहयोगको अपेक्षा रहेको नाट्यमञ्चनका सह सचिब तथा बीनाका दाजु सुजन श्रेष्ठले बताउनुभयो ।
कला र सस्कृतिको माध्यामबाट सामाज परिबर्तनमा हाम्रो ध्यान,
मृगौला पिडित बिना श्रेष्ठ उपचारमा हाम्रो अभियान
मुल नाराकोसाथ प्रदर्शन हुँन लागेको नाटक ए….. केसु साथै बृहत् सास्कृतिक कार्यक्रम यहि फागुन १४ गते राष्ट्रिय नाचघर जमलमा गर्न लागेको श्रेष्ठले बताउनुभयो ।
