काठमाण्डौ, २ फागुन ।
सर्जक एवं गायक नेत्र भण्डारीको नँया लोकदोहोरी गीत काली मनपरि सार्बजनिक भएको छ । राष्ट्रिय लोक संचारकर्मी नेपालको केन्द्रीय कार्यालय काठमाण्डौमा बिमोचन गरिएको गितमा सन्ध्या केसीको शब्द र नेत्र भण्डारीको भाका रहेको छ । नेत्र भण्डारी र पूर्णकला बिसीले आवाज दिएको गीतको म्यूजिक भिडियोमा बब्बु थापा र सन्जना रानाले अभिनय गरेका छन् ।
बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायांकन, प्रविन भट्टको सम्पादनमा एकता फिलिम्सले तयार पारेको गीतको बजार ब्यबस्थापन सन्जना म्यूजिक प्रा.लिले गरेको छ । कार्यक्रममा गायक भण्डारीले काली मनपरिले सोचे जस्तै चर्चा बटुल्न सक्ने आसा ब्यक्त गर्नुभयो ।
यस्तै गायिका पूर्णकला बिसीले आफूले अहिले सम्म गाएको भन्दा फरक शैलिको गित गाएको र यस्ले स्टेज तताउने बताउनुभयो । यस्तै मोडल सन्जना रानाले काली मनपरि गितमा आफूले अभिनय गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।
लोकसञ्चारकर्मी नेपालका पूर्व अध्यक्ष गोबिन्द गीरिले सस्थाले रेडियो दिवसको अबसरमा निकै राम्रो गीतको बिमोचन गरिएकोमा खुसि ब्यक्त गर्नुभयो । यस्तै लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले मौलिक सृजनाको जगेर्नमा निरन्तर लागिरहेको भन्दै अब चाडैनै लोक संचारकर्मी नेपालको चौथो अधिबेसन गर्ने बताउनुभयो ।
