माग पुरा नभएको भन्दै धर्ना


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन २ सोमवार ११:५८ बजे

माग पुरा नभएको भन्दै धर्ना

भद्रपुर, २ फागुन ।

आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिल्ला विकास समिति झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् ।

कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले बेवास्ता गरेका कारण बन्दको कार्यक्रम भएको र यसबाट सेवाग्राही मर्माहत भएका छन् ।

जिविसमा हुने सबै काम बन्द भएपछि सेवाग्राही रित्तै फर्किरहेका छन् भने गाविस र नगरपालिकाबाट हुने दैनिकी कार्य विवाह दर्ता, जन्म दर्ता, सिफारिसजस्ता सबै अवरोध भएका छन् । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार