आज टन्न खाने,भोलि छमछमी नाचेर घटाउने दिन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १८ शनिवार १३:३६ बजे

आज टन्न खाने,भोलि छमछमी नाचेर घटाउने दिन

काठमाण्डौ
भदौ १८
तीजको दरखाने दिन आज । तीजको ब्रत बस्ने नेपाली महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दर खाने चलन छ । तीजको दिन भोलि महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो दिन आज रातीसम्म नै मिठा मिठा परिकार खाने चलन छ ।

टाढा–टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् । दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बसेको छ ।
हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ । हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार