कतारमा २२ नेपाली अलपत्र, कम्पनी म्यानेजर सम्पर्क्विहीन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २४ सोमवार ०८:३८ बजे

कतारमा २२ नेपाली अलपत्र, कम्पनी म्यानेजर सम्पर्क्विहीन

काठमाडौं, २४ माघ ।

चार महिनाको तलब नदिइ कम्पनी सञ्चालक र म्यानेजर सम्पर्क्विहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडितले उद्दारको लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

आठ महिना अघि कतार पुगेका उनीहरु टिम वर्क्रियल स्टेस कम्पनीमा कार्यरत थिए । उानीहरुलाई खान समेत अभाव हुन थालेको छ । कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन । पीडित कामदार स्वदेश पाठाइदिन भन्दै कतारको खोज अनुसन्धान केन्द्र समेत पुगेका थिए । आजको कान्तिपुरमा खबर छ ।

अलपत्र नेपाली कामदारहरु
कृष्णप्रसाद खनाल, चितवन
रवि खत्री, बुटवल
हरिनारायण थारु, रुपन्देही
सफिक महमद फगिर, रुपन्देही
रिगबहादुर गुरुङ, स्याङजा
कुमार राजु शाही, दैलेख
विनोदकुमार, मोरङ
डगलसिंह लिम्बू, मोरङ
विमल धामी थारु, मोरङ
अरविन चौधरी, मोरङ
राजेश, नवलपरासी
मोगेन्द्र महरा, धनुषा
सुरजकुमार राइ, धनुषा
बोएलाल मण्डल, धनुषा
रामभगत गोटिया, धनुषा
नसोम, महोत्तरी
नारायण चौधरी, कैलाली
प्रेमप्रकाश चौधरी, सुनसरी
फुर्वा शेर्पा, ताप्लेजुङ
यज्ञबहादुर केसी, दाङ
सद्दाम हुसेन, सर्लाही
सुरेशकुमार चौधरी, सप्तरी


प्रतिक्रिया

सम्बन्धित समाचार