प्राधिकरणलाई आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २१ शुक्रवार ०८:३६ बजे

प्राधिकरणलाई आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन

काठमाडौं, २१ माघ ।

आफ्ना कर्मचारीलाई करोेडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन दिएको छ ।

उड्डयन क्षेत्र नियामक प्राधिकरणले आफ्ना आठ सय कर्मचारीलाई गत पुस दास्रो साता बोनस बाँड्ने निर्णय गर्दै यसका लागि ५३ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो । संस्था निरन्तर नापाmमा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको थियो ।

यही निर्णय सहमतिको लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको थियो । पर्यटनबाट सहमति पाउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने भएपनि पर्यटनले तत्काल सहमति नदिई दुरुस्त हिसाब देखाउन निर्देशन दिएको हो । आजको नागरीक दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार