आगलागी हुँदा दुई लाख बराबरको क्षति


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार १३:२३ बजे

आगलागी हुँदा दुई लाख बराबरको क्षति

पाल्पा, १६ माघ ।

पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा झण्डै दुई लाख मूल्य बराबरको क्षति भएको छ । भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा धनमाल जलेर नष्ट भएको हो ।

खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताउनुभयो ।

आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताउनुभयो ।

गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार