करणीको अभियोगमा राउत पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार १३:०६ बजे

करणीको अभियोगमा राउत पक्राउ

उदयपुर, १६ माघ ।

वाह्र वर्षकी वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षका ताराबहादुर राउतलाई पक्राउ गरेको छ । स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ ।

विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।

बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक÷पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताउनुभयो ।

वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार