भारतीय ट्रकको ठक्करबाट युवतीको ज्यान गयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार १०:५७ बजे

भारतीय ट्रकको ठक्करबाट युवतीको ज्यान गयो

पर्सा, १६ माघ ।

पर्सामा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

वीरगन्जबाट बाराको परवानीपुरका लागी छुटेको पिबी ६५ एम ९०८६ नंम्बरको ट्रकले वीरगन्जका लागी छुटेको ना २७ प ९०८६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बाराका १७ वर्षकी ओमरावती कुमारी साहको मृत्यु भएको हो ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

गम्भीर दुई घाइतेको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा भएपनि ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार