काठमाडौँ, १४ माघ ।
संवैधानिक परिषद्ले जना निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।
सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्था छ । शिफारिष ३ आयुक्तको सुनुवाई सकिएपछि मात्रै आयोगले पूर्णता पाउनेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
