काठमाण्डौ
भदौ १६
दोलखाको लामाबगर ४ स्थित छेचोत भन्ने ठाउँमा पहिरोमा पुरिएर ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछि आएको पहिरोले ३ घर पुर्दा ७ जनाको मृत्यू भएको हो । पहिरोमा पुरिएका एकजना घाइते भएका छन् । दोलखाका प्रहरी नायव उपरीक्षक रबिन कार्कीका अनुसार लामाबगरको छेचोतमा नेपाल प्रहरी, शसस्त्र, सेनाको टोली खटिएको छ । चारैतिर पहिरो गएकोले उद्दारमा कठिनाई भएको उहाँले बताउनुभयो । घट्नाको थप विवरण आउन बाँकी छ ।

यसैबिच,गएराति परेको अविरल वर्षापछि आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । दाङ देउखुरी घर भई हाल पोखरा बस्दै आएकी ४८ वर्षीया मीना भण्डारीको मृत्यु भएको हो । सिद्धार्थचोकमा रहेको नालामा खसेर पानीले बगाउदा भण्डारीको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता गजुरसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । नालाको ढक्कन खुल्ला रहेको र पानीले खुल्ला नदेखिए पछि उनी नालामा खसेकी प्रहरीले बताएको छ। पानीले वाएपछि रातभर उनको खोजी गरिएको थियो । मृतकको शव आज विहान ७ बजे मात्रै फिर्के खोलाको किनारमा फेला परेको थियो । मृतको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। पोखरामा बुधबार बेलुका करिब २ घण्टामा ८३ दशमलव ५ मिलिमिटर पानी परेको थियो ।
