काठमाण्डौ
भदौ १५
शेयर बजार आज पनि उकालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से यो साताको सुरुदेखि नै बृद्धि भएकोमा आज पनि निरन्तरता पाएको हो । नेप्से आज ९ दशमलव ३७ अंकले बढेर १७ सय ९७ दशमलव ४५ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि आज २ दशमलव ४८ अंकले बृद्धि भएको छ । आज जलविद्युत समुहको परिसूचकमा भारी गिरावट आएको छ । जलविद्युत समुहको परिसूचक १ सय ३ दशमलव ३१ अंकले घटेको छ भने होटल समुहको परिसूचक पनि २९ दशमलव ३८ अंकले घटेको छ । अन्य सबै समूहको परिसूचकमा बृद्धि भएको छ । आज सबैभन्दा धेरै विमा समूहको परिसूचक १ सय २६ दशमलव १४ अंकले बढेको छ । उत्पादन तथा वितरण समूहको परिसूचक ५३ दशमवल ०६ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक १७ दशमलव २१, बैंकिङ्ग समूह ९ दशमलव ३८, वित्त समूह शुन्य दशमलव ८५ र अन्य समूहको परिसूचक ४ दशमलव ३४ अंकले बढेका छन् ।
आज कुल १ सय ४६ कम्पनीको १७ लाख ५९ हजार ३ सय ७९ कित्ता शेयर खरिदविक्रि हुँदा १ अर्ब २५ करोड ३७ लाख ९२ हजार ६ सय ३७ रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
