सर्वोच्चको आदेश – तेस्रोलिंगीलाई नागरिकता देउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ११ मंगलवार ०७:०८ बजे

सर्वोच्चको आदेश – तेस्रोलिंगीलाई नागरिकता देउ

माघ ११
काठमाडौं ।

तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलगायतलाई आदेश दिएको हो ।

यसअघि तेस्रो लिंगीहरुलाई पनि नागरिकता प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइसकेको थियो ।

सर्वोच्चले त्यसरी आदेश दिँदा पनि तेस्रोलिंगीहरुलाई सहज रुपमा नागरिकता प्रदान गर्न आनाकानी गरेको उल्लेख गरी तेस्रो लिंगी भनेर चिनिएका सुनिलबाबु पन्तलगायत ३ जनाले सर्वोचचमा पुन रिट निवेदन दायर गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार