लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले सहयोग गरेन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ११ मंगलवार ०७:०४ बजे

लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले सहयोग गरेन

माघ ११
काठमाडौं ।

नेपाल प्रहरीले भारतीय नाकाबाट आयात हुने लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले असहयोग गरेको गुनासो गरेको छ ।

प्रहरीले भरतीय नाका हुदै नेपाल भित्रने लागूऔषध नियन्त्रणको लागि भारतीय सुरक्षा अधिकारीसमक्ष आग्रह गरेपनि भारतीय पक्षले गम्भीर रुपमा नलिएको नेपाल प्रहरीका उच्च अधिकारीले बताएको खबर आजको नागरिकमा छ ।

लागूऔषध नियन्त्रणका लागि दुई देशको सुरक्षाकर्मीबीच सहकार्य गर्न परराष्ट्र मन्त्रालयले कूटनीतिक रुपमा पहल गर्नुपर्ने अपराध अनुसन्धान विभाग पहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० विज्ञानराज शर्माको भनाइ छ ।

प्रहरीका अनुसार नेपाल भारत सीमा क्षेत्रबाट विशेष गरी मेडिकल ड्रक्स भित्रने गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार