माघ ११
काठमाडौं ।
नेपालमा प्रतिबन्धित औषधि कोरेक्सको मूल्य सीमावर्ती भरातीय बजार लौकाहमा एक सय २० रुपैयाँ पर्छ । त्यही झोल औषधि लागूपदार्थको रुपमा दुरुपयोग हुन थालेपछि सीमावारि लहानमा ५ सय देखि ८ सयमा खरिद बिक्री हुने गरेको खबर आजको नागरिकमा छ ।
कोरेक्स तस्करीमा संलग्न गिरोहले लहानका साथै पहाडी भूभाग गाइघाट, कटारीसम्मै पुर्याएर युवालाई दुव्र्यसनी बनाइरहेका छन् ।
पहाडी जिल्लाबाट गाँजा सिरहा र सप्तरीका नाका हुदै भारत तस्करी हुने र पारिबाट कोरेक्स लगायतका लागूपदार्थ भित्रिने क्रम बढेको प्रहरी स्रोत ताउँछ ।
सीममासँगै जोडीएको लहान सिरहामा पारिबाट कोरेक्स ९झोल०, नाइट्रोसन ९चक्की० र सुईमार्फत लिइने लागूपदार्थ बाक्लै भित्रिने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
