अक्षयकोषको लागि २० लाख रकम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १० सोमवार १२:०४ बजे

अक्षयकोषको लागि २० लाख रकम

गुल्मी, १० माघ ।

गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक सङ्कलन अभियान जारी राख्ने समेत प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार