अदालतमा हजारौं मुद्दा अलपत्र


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १० सोमवार ०७:३५ बजे

अदालतमा हजारौं मुद्दा अलपत्र

माघ १०
काठमाडौं ।

उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गरेको सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारैं मुद्दा प्रभावित भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भएपनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो ।

सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने प्राय मुद्दा स्थगित थिए भने अन्य इजलासमा सुनुवाइ भएको थियो ।

न्यायापरिषद्ले दुई साता अघि गरेको न्यायाधीश नियुक्तिको सिफरिसलाई लिएर असन्तुष्टि जनाउँदै सरकारी वकिलहरुले हिजोदेखि अनिश्चित्कालिन रुपमा बहस पैरवी बहिष्कार गर्ने निर्णय गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार