लुटिखानेहरु खोरमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १५ बुधवार १९:०१ बजे

लुटिखानेहरु खोरमा

काठमाण्डौ
भदौ १५
गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बुद्धिष्ट जनाधिकार मञ्च, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष बूढानिलकण्ठ नगरपालिकका सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

राहत तथा सहयोगका नाममा अमेरिकाको गो फन्ड मि, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नी जस्ता संस्था तथा सयौँ मानिसबाट राहत स्वरुप पटक–पटक गरी ३ करोड १७ लाख रुपैया सो संस्थाको बैंक खातामा जम्मा भएकोमा उनिहरुले दुरुपयोग गरेको प्रहरीले जनाएको छ । प्राप्त रकममध्ये १ करोड ६७ लाख ७८ हजार रुपैया भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरेको देखाइ उनिहरुले ठगी गरेको भन्दै निवेदन परेपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध सो संस्थाका पूर्व पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार