ड्यूटीमै रहेका बैंक कर्मचारीको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ८ शनिवार ०७:३३ बजे

ड्यूटीमै रहेका बैंक कर्मचारीको मृत्यु

काँकडभिट्टा, झापा, 

८ माघ ।

नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ ।

कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

उनी पाँचाँै तहका कर्मचारी रहेको बैंकका निमित्त प्रमुख सुरेशबहादुर श्रेष्ठले बताउनुभयो । दिउँसो ११ः३० बजे एक्कासि रिङ्गटा चल्यो भन्दै बेहोस भएका दिवाकरलाई उपचारका लागि तत्काल बिएन्डसी हस्पिटल लगिएको थियो ।

उपचारमा संलग्न डाक्टरले अत्यधिक प्रेसर बढेका कारण हृदयाघात भई उनको मृत्यु भएको जनाएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार