फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ८ शनिवार ०७:२२ बजे

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

माघ ८
काठमाडौं ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ।

उनले आफूसँग साढे दुइ किलो सुन भएको बताएपनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार