विजुलि चोर्ने ९१ जना कारबाहीमा परे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार ०८:३३ बजे

विजुलि चोर्ने ९१ जना कारबाहीमा परे

मोरङ, ६ माघ ।

हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताउनुभयो ।

विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ ।

अभियानअन्तर्गत विगत तीन महिनामा रु ११ लाख ४६ हजार ६ सय राजस्वसमेत असुुल भएको जनाइएको छ । विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीन देखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।

विद्युुत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुुख कुसियतले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार