पुल शिलान्यासमा प्रतिस्पर्धा स् ओलीलाई पछि पार्दै माओवादी फस्ट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ६ बिहीवार ०७:०२ बजे

पुल शिलान्यासमा प्रतिस्पर्धा स् ओलीलाई पछि पार्दै माओवादी फस्ट

माघ ६
दमक ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् ।
उक्त पुल आफूहरुको पहलमा बनेको झापा ७ का ईन्चार्जसमेत रहेका पुरीले दावी गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार