स्टाण्डर्ड चार्टडले एफपिओ जारी गर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २ आइतवार १३:४७ बजे

स्टाण्डर्ड चार्टडले एफपिओ जारी गर्ने

काठमाण्डौ, २ माघ ।

स्टाण्डर्ड चार्टड बैंकले प्रतिकित्ता १२ सय ९० का दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी गर्ने भएको छ । गएको बिहिबार बसेको कम्पनीको संचालक समिति बैठकले एक सय अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम रकम थप गर्दै एफपिओ निश्कासन गर्ने साधारणसभाको निर्णय पारित गरेको हो ।

कम्पनीको सेयर बजारमा हाल प्रतिकित्ता २२ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । नेपाल धितोपत्र बोर्डमा चाँडै नै यो प्रस्ताव पठाउने बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डले एफपिओको मूल्य निर्धारणका सम्वन्धमा निश्चित मापदण्ड सबै कम्पनीलाई जानकारी गराएको र सोहीअनुरुप निर्धारण गरिएको भए, सोही मूल्यमा जारी हुने जनाएको छ ।

SCB


प्रतिक्रिया

सम्बन्धित समाचार