भारुको अन्योल कायमै, रित्तै आयो नेपाली टोली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २ आइतवार ०६:५९ बजे

भारुको अन्योल कायमै, रित्तै आयो नेपाली टोली

माघ २
काठमाडौं ।

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ ।

नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको खबर आजको नागरिकमा छ ।

नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख र २ जना विज्ञसहितको टोली बुधबार भारत गएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार