काठमाडौं, १ माघ ।
त्रिभुवन विशवविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७३ भदौ २५ र २६ गते लिएको एमबीबीएस र बीडीएस प्रवेश परीक्षामा उत्तीर्ण भएका र अनलाइनमार्फत कलेज छनोट गरी निवेदन दिएका विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिन कलेज सञ्चालकहरु विशेष कोटाको नाममा दोब्बर शुल्क असुल्न व्यस्त पाइएका छन् ।
सरकारले तोकेको शुल्कमा भर्ना नगरी केहि मेडिकल कलेजहरुले विशेष कोटामा ६४ लाखसम्म शुल्क तोकेको र विद्यार्थीहरुलाई उक्त शुल्क बुझाउन पनि कलेजमा नभई चोरबाटोबाट अन्यत्रै बोलाइएको विद्यार्थीहरुले गुनासो गरेका छन ।
कलेज सञ्चालकहरुले दुख दिएपछि उनीहरु शिक्षा मन्त्रालय र आईओएममा उजुरी हाल्नसमेत पुगेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
