पर्यटक बसपार्क निर्माणमा सरकार सकरात्मक : मन्त्री शाही


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २९ शुक्रवार १६:१६ बजे

पर्यटक बसपार्क निर्माणमा सरकार सकरात्मक : मन्त्री शाही

काठमाडौँ, २९ पुस ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को छैटौँ साधारणसभाको उद्घाटन कार्यक्रममा उहाले मुलुकको अर्थतन्त्रको सशक्त माध्यम पर्यटन क्षेत्र भएकोले यसको विकासका लागि पर्यटकीय बसपार्क निर्माण गर्न सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

मन्त्री शाहीले “हालसम्म कान्तिपथमा लाइन लागेर एकबिहानै पर्यटक बोकेर चितवन र पोखरा जाँदा समस्या भएको छ, यो समस्यालाई सरकारले राम्रोसँग बुझेको छ, यसको समाधानका लागि आवश्यक पहल हुन्छ भन्नुभयो ।”

देशको अर्थतन्त्र विकासका लागि बाह्य पर्यटक भित्र्याउने कार्यमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले देश विकासमा राजनीतिक दलसँगै नागरिकको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले स्तरीय बस सञ्चालन गरेर गुणस्तरीय सेवा प्रदान गरेमात्र नेपालको पर्यटन क्षेत्रको विकास हुने बताउँदै “अत्यन्तै सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र एक हुनुपर्छ भन्नुभयो ।”

राष्ट्रिय पर्यटन व्यवसायी महासङ्घका अध्यक्ष ज्योति अधिकारीले पर्यटकीय बस सञ्चालन गर्ने कुरामा राज्यले विशेष सहयोग गर्नुपर्ने बताउँदै मुलुकमा पर्यटकलाई आकर्षण गर्ने हो भने पूर्वाधारको आवश्यकता छ, यसप्रति सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।”

टिवानका अध्यक्ष श्रीकान्त आचार्य, नेपाल एसोसिएसन अफ ट्राभल्स एजेन्ट (नाटा)का अध्यक्ष मधुसूदन आचार्य, टिवानका प्रथम उपाध्यक्ष ईश्वर शर्मा, महासचिव दीपक भट्टराईलगायतले सरकारले सहयोग गरे यो सेवालाई मुलुकका विभिन्न स्थानसम्म लैजान आफूहरु तयार रहेको बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार