एक नेपालीको मलेसियामा मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २८ बिहीवार १०:४८ बजे

एक नेपालीको मलेसियामा मृत्यु

इलाम, २८ पुस ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिनुभयो ।

मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ । बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार