काठमाण्डौ
भदौ १३
पर्साको बागबर –९ कोईलाभार जंगलमा बन रक्षक टोली र र तस्करबिच पर्सामा आज विहान दोहोरो गोली हानाहान भएको छ ।
रातको समयमा बन फडाँनी गर्ने तस्करलाई रोक्न खोज्दा सेक्टर बन कार्यालयको ५ जनाका टोली र काठ तस्कर बिच आज विहान ३ बजे गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता यज्ञ भट्टराईले जानकारी दिनुभयो । वन रक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करले रक्षकलाई लक्षित गरी ५ राउन्ड गोली हानेपछि बन रक्षकले आत्मरक्षाका लागि ४ राउन्ड गोली चलाएका थिए । यद्यपि, कसैलाई गोली नलागेको उहाँले जानकारी दिनुभयो । घटनास्थलबाट बन रक्षकले ३ साइकल, ३ वटा सालको गोलीया एउटा आरो बरामत गरेको छ । प्रहरी प्रवक्ता भट्टराईले तस्करहरुको खोजी कार्य भईरहेको जानकारी दिनुभयो ।
