स्थानीयले हटाए सम्पदा मार्गका फुटपाथ पसल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २६ मंगलवार ०८:२५ बजे

स्थानीयले हटाए सम्पदा मार्गका फुटपाथ पसल

कठमाण्डौ, २६ पुस ।

काठमाडौं – गएको हप्ता मख्खन टोलको एक कपडा पसलमा आगलागी भयो । चार तला माथि रहेको पसलमा आगो लागेको केही समयमै दमकल आइपुग्यो । निरञ्जन स्थापितको घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । दमकल आइनपुगेको भए झुरुप्प परेका बस्तीका अरू घर पनि सखाप हुने थिए । भर्खरै फुटपाथ सफा गरेकाले दमकल सजिलै गयो । ‘नत्र दमकल आउन सक्दैनथ्यो, झोछेका गणपतिलाल श्रेष्ठ भन्छन्, ‘फुटपाथका पसल हटाएकाले सजिलो भयो ।’

विष्णुमती खोलाको परोपकार पुलदेखि भित्री सहरका कुनै पनि सडकमा अहिले पसल छैनन् । परोपकार पुल हुुँदै वसन्तपुर क्षेत्रमा सबभन्दा बढी पर्यटक आउँछन् । तिनलाई बोक्ने बस पनि यहीं रोकिन्छन् । श्रेष्ठ भन्छन्, ‘सबभन्दा बढी भीडभाड यहीं हुन्थ्यो ।’ परोपकार पुलदेखि जमलसम्मको बाटो काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग घोषणा गरेको छ । घोषणा गरे पनि यसलाई व्यवस्थित भने गरेको थिएन ।

‘फुटपाथममा पसल हुन्थे,’ श्रेष्ठ भन्छन्, ‘बाटोमै किन्नेको भीड हुन्थ्यो । फुटपाथमा भीड भएपछि सर्वसाधारण सडकबाट हिँड्थे । अनि सवारीसाधन चलाउनै मुस्किल हुन्थ्यो । जाम भएर बाटो छिचोल्नै मुस्किल थियो । अहिले यो सबै समस्या हटेको छ ।’ परोपकार पुलमा पनि सामान राखिएका हुन्थे । पुलै ‘ब्लक’ हुन्थ्यो ।

यो मार्गमा थुप्रै सम्पदा छन् । परोपकार पुलको छेउमै भीमसेन मन्दिर छ । यो मन्दिर कलि संवत् ४३५९ तिर बनेको मानिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार